थ्रीडी डायनासोर
2024-01-08 10:30:47CRI
Share with:

भनिन्छ, डायनासोर सरीसृपहरूको एक समूह हो जसले १४० मिलियन वर्षभन्दा बढीसम्म भूमिमा प्रभुत्व जमाएको थियो। यिनीहरूको आकार र आकृति निकै नै विशाल मानिन्छ र यसको कल्पना गर्दासमेत पनि भयानक र डरलाग्दो छ। तर, यी डायनासोरलाई चलचित्र र तस्वीरमा हेर्दा डरसँगै रोमाञ्चकता पनि थपेको हुन्छ।

बेइजिङको एक सडकको विशाल पर्दामा डायनासोर पर्दाबाटै बाहिर टाउको निकालेको दृश्य हेरेर बटुवाहरू निकै नै रमाइलो मानिरहेका छन्। यो भिडियोमा त्यही आकर्षक थ्रीडी डायनासोरलाई कैद गरिएको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/