चीन र अमेरिकाबीचमा “टेबल टेनिस कूटनीति” सम्बन्धी मैत्रीपूर्ण अध्यायको निरन्तरता
2024-01-09 18:44:12cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले जनवरी ९ तारिख हालै पेकिङ विश्वविद्यालयको टेबल टेनिस टोलीले आमन्त्रित रुपमा अमेरिकाको भ्रमण गर्दै चीन र अमेरिका बीचको “टेबल टेनिस कूटनीति”को सम्झना गर्न अमेरिकाका लागि चिनियाँ राजदूताबासद्वारा आयोजित अनेकन कार्यक्रमहरुमा सहभागी भएको जानकारी दिनुभयो। त्यसैगरी अमेरिकी भर्जिनिया विश्वविद्यालयको टेबल टेनिस टोलीले आमन्त्रित रुपमा चीनको भ्रमण गर्दै छिङ ह्वा विश्वविद्यालयमा “चीन र अमेरिकाका युवा-युवतीहरु बीच टेबल टेनिसबारे आदान-प्रदान कार्यक्रममा” सहभागी भएको जानकारी पनि प्रवक्ता माउ निङले दिनुभयो। चीन र अमेरिकाका युवा टेबल टेनिस टोली बीचको भ्रमण आदानप्रदान “टेबल टेनिस कूटनीति” सम्बन्धी मैत्रीपूर्ण अध्यायको निरन्तरता हो र त्यसले चीन तथा अमेरिका बीचको गैर-सरकारी आदान-प्रदानका लागि नयाँ शक्ति थपेको पनि प्रवक्ता माउले स्पष्ट पार्नुभयो।

उहाँले अमेरिकासँगै मिलेर चीन-अमेरिका मित्रताको नयाँ अध्याय निरन्तर रुपमा लेख्न चीन इच्छुक रहेको पनि उल्लेख  गर्नुभयो।