सन् २०२३ मा चीनमा अन्नबालीको प्राप्त मात्रा ४० करोड टन भन्दा बढी
2024-01-09 18:43:42cri
Share with:

जनवरी ९ तारिख चिनियाँ राष्ट्रिय अन्नबाली तथा सामग्रीको संचिति सम्बन्धी कार्य सम्मेलनबाट प्राप्त समाचार अनुसार, अहिलेसम्म मुख्य उत्पादन क्षेत्रबाट प्राप्त गरिएको शरद ऋतुको अन्नबालीको मात्रा करिब १२ करोड टन पुगेको छ। शरद ऋतुको अन्नबालीले बजारमा प्रवेश गरेदेखि शरद ऋतुको अन्नबालीको आपूर्ति यथेष्ठ रहेको छ भने बजार स्थिरताका साथ चलेको छ। सन् २०२३ मा शरद ऋतुको अन्नबालीको प्राप्ति मात्रा विगत केही वर्षयता सर्वोच्च स्तरमा पुग्ने छ।