चीन र ट्युनिसियाका नेताहरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश आदानप्रदान
2024-01-10 15:41:50cri
Share with:

जनवरी १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र ट्युनिसियाका राष्ट्रपति सईदले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवको अवसरमा एक अर्काललाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार चीन र ट्युनिसियाबीच गहिरो परम्परागत मित्रता रहेको छ। ६० वर्षयता अन्तर्राष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन आए तापनि दुई देशबीचको सम्बन्ध सधैँ स्वस्थ र स्थिर रूपमा विकास भएको छ। हालका वर्षहरुमा दुई पक्षबीचको राजनैतिक आपसी विश्वास बढ्दै गएको छ र विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगले फलदायी नतिजा दिएको छ।

६०औँ वार्षिकोत्सवलाई चीन र ट्युनिसियाबीचको परम्परागत मित्रतालाई निरन्तरता दिने नयाँ सुरुवात बिन्दुको रूपमा लिने र राष्ट्रपति सइदसँग दुई देशबीचको मैत्रीपूर्ण सहयोग सम्बन्धको नयाँ र बृहत्तर विकासलाई प्रवर्द्धन गर्दैजाने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

राष्ट्रपति सइदका अनुसार ट्युनिसिया र चीनबीच दीर्घकालीन मित्रता र फलदायी सहयोग रहँदैआएको छ। ट्युनिसियाले द्विपक्षीय सम्बन्धलाई उच्च स्तरमा उकास्नका लागि सबै क्षेत्र र व्यापक सम्भावनाहरू सहितको नयाँ साझेदारी निर्माण गर्न चीनसँग काम गर्न इच्छुक छ।