चिनियाँ बजारमा अन्तर्राष्ट्रियीकरण दृश्य
2024-01-10 19:47:37cri
Share with:

सन् २०२३ को फेब्रअरी महिनामा चीनले सम्पूर्ण रूपमा अफलाइनका व्यापारिक मेलाको पुन: शुभारम्भ गर्ने घोषणा गरेको थियो। विश्वका विविध स्थानका व्यापारीहरूले अघिपछि गरी चाइना अन्तर्राष्ट्रिय उपभोग्य एक्स्पो, चाइना अन्तर्राष्ट्रिय सेवा व्यापार मेला, चाइना आयात-निर्यात मालसामान मेला र चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो लगायतका बिशाल मेला र प्रदर्शनीमा भाग लिँदै आ-आफ्नो नजरलाई चिनियाँ बजारमा पुर्याउँदै आएका छन्। विभिन्न प्रकारका मेलामा सम्पन्न सम्झौता रकमले निरन्तर रूपमा नयाँ किर्तिमानको सिर्जना गरेका छन्।