अमेरिका र थाइवान बीच कुनै पनि किसिमको सरकारी आदान-प्रदानको चीनद्वारा दृढ विरोध
2024-01-10 19:45:06cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले जनवरी १० तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो सम्मेलनमा अमेरिका र थाइवान बीचको आदान-प्रदानबारे पत्रकारले सोधेका प्रश्नको उहाँले जवाफ दिनुभयो।

 

प्रवक्ता माउले विश्वमा एउटै मात्र चीन रहेको र थाइवान चीनको एउटा अविभाज्य भाग हो भन्दै चीनले अमेरिका र थाइवान बीच कुनै पनि किसिमको सरकारी आदान-प्रदानको दृढ विरोध गर्दै आएको स्पष्ट पार्नुभयो। अमेरिकी सांसदले एक मात्र चीनको सिद्धान्त र चीन तथा अमेरिका बीच हस्ताक्षरित तीनटा संयुक्त विज्ञप्तिको अक्षरश: पालना गर्नुपर्ने, थाइवान सम्बन्धी मामिलाको विवेकशीलताका साथ सामना गर्नुपर्ने, अमेरिका र थाइवान बीचको सरकारी आदान-प्रदान रोक्नुपर्ने, स्वतन्त्र थाइवान पक्षधरलाई कुनै पनि गलत संकेत पठाउन बन्द गर्नुपर्ने र कुनै पनि तवरमा थाइवान क्षेत्रको निर्वाचनमा भाग लिनुहुँदैन भन्ने कुरा पनि उहाँले औँल्याउनुभयो।