समृद्ध चिनियाँ नयाँ वर्ष—हिउँ पर्वको याम
2024-01-10 10:20:00CRI
Share with:

नयाँ वर्षको आरम्भसँगै चीनस्थित “हिउँको शहर” भनिने हैलोङच्याङ प्रान्तको हार्पिन शहरको पर्यटन वृद्धि हुँदै गएको छ। हार्पिनको प्रसिद्ध “केन्द्रीय सडक”मा धेरै पर्यटकहरू पुगेर हिउँ मूर्तिकला अवलोकन गर्नुका साथै मीठा मीठा खानेकुराका साथ मनोरञ्जन लिँदैछन्। चारैतिरबाट आएका पर्यटकहरूका कारण शीतकालीन रात्री पर्यटन उपभोगको मात्रा पनि वृद्धि हुँदै गएको छ।