चीन र अमेरिकाका वाणिज्यमन्त्रीबीचमा टेलिफोन वार्ता
2024-01-11 20:19:59cri
Share with:

चिनियाँ वाणिज्य मन्त्री वाङ वन थाउले अमेरिकी वाणिज्य मन्त्री जिना रैमोन्दोसँग जनवरी ११ तारिख टेलिफोन वार्ता गर्नुभएको छ। दुई पक्षले दुई मुलुकका राष्ट्रनायक बीच लोसएन्जलसमा भएको भेट-वार्तामा प्राप्त भएको महत्त्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्दै आ-आफ्नो चासो भएको आर्थिक तथा व्यापारिक समस्याहरुबारे गहन तथा व्यावहारिक रुपमा आदान-प्रदान गरेका छन्।

यस अवसरमा वाङ वन थाउले चीन र अमेरिकाका राष्ट्रनायक बीच लोसएन्जलसमा भएको भेट-वार्ताले दुई मुलुक बीचको आर्थिक तथा व्यापारिक सम्बन्धको विकासका लागि स्पष्ट दिशा देखाएको भन्दै दुवै पक्षले दुई मुलुकका वाणज्य मन्त्रालय बीचको सम्पर्क व्यवस्थाको सकारात्मक भूमिका खेलेर व्यवसायहरु बीचको सहयोगका लागि उपयोगी वातावरण तयार गर्नुपर्ने व्यक्त गर्नुभयो।

दुवै पक्षले चीन र अमेरिका बीचको आर्थिक तथा व्यापारिक क्षेत्रमा राष्ट्रिय सुरक्षाको सिमा सम्बन्धी विषयबारे छलफल गरेका छन्।