चीन आउने विदेशीकालागि थप सुविधा, चीनको राष्ट्रिय अध्यागमन प्रशासनद्वारा ५ नयाँ कदमहरू कार्यान्वयन
2024-01-11 16:25:47CRI
Share with:

जनवरी ११ तारिखमा, चीनको राज्य परिषद सूचना कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी सँगसँगै सूचना प्रकाशित गरे अनुसार, उच्च गुणस्तरीय खुलापन र गुणस्तरीय विकासकालागि जनवरी ११ तारिखदेखि चीनको राष्ट्रिय अध्यागमन प्रशासनले चीनमा आउने विदेशीहरूका लागि ५ नयाँ कदमहरूलाई कार्यान्वयन गरेको छ जसले व्यापार, अध्ययन र पर्यटनका लागि चीनमा आउने विदेशीहरूलाई थप सुविधा दिने छ।

उक्त ५ नयाँ कदमहरू यस प्रकारका छन्-

एक, चीन आउने विदेशीकालागि पोर्ट भिसा आवेदनको अवस्थालाई खुकुलो बनाइने छ।

दुईमा, बेइजिङ क्यापिटल एयरपोर्टलगायत विभिन्न एयरपोर्टहरूमा विदेशीहरूलाई २४ घण्टामा सीधा ट्रान्जिटका लागि निरीक्षण प्रक्रिया चाहिने छैन।

तीन, चीनमा बसिरहेका विदेशीहरूले भिसा समयावधि विस्तार तथा नविकरणकालागि आवेदन दिन सक्ने छन्।

चौथो बुँदामा, चीनमा बसिरहेका विदेशीहरूले पटक पटक देश प्रवेश र बहिर्गमन गर्नुपरेमा पुनःप्रवेशाज्ञाका लागि आवेदन दिन सक्ने छन्।

पाँचौँमा, चीनमा बसिरहेका विदेशीहरूको भिसा आवेदन तथा भिसा लागु गर्ने सामग्रीहरूलाई सरलीकरण गरिने छ।