चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा बंगलादेशको प्रधानमन्त्रीमा पुनःनिर्वाचित हुनुभएका शेख हसिनालाई बधाई सन्देश
2024-01-11 14:17:13cri
Share with:

जनवरी ११ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शेख हसिनालाई बंगलादेशको प्रधानमन्त्रीमा पुनःनिर्वाचित हुनु भएकोमा बधाई सन्देश पठाउनुभएको छ। सीका अनुसार चीन र बंगलादेश परम्परागत मित्रतापूर्ण छिमेकी हुन्। आपसी दौत्य सम्बन्ध स्थापना भएको ४९ वर्षयता दुई देशले एकअर्कालाई सधैँ सम्मान, समान व्यवहार तथा पारस्परिक हित र जीतको नतिजा हासिल गर्दै आएका र मुख्य हितका विषयमा एकअर्कालाई समर्थन दिँदै आएका छन्। आ-आफ्नो विकास र पुनरुत्थान प्राप्त गर्न तथा दुई देशका जनताकालागि मूर्त लाभ हासिल गर्न हात मिलाएर काम गरेका छन्।

चीन र बंगलादेशले दुई पक्षबीच भएको महत्वपूर्ण सहमतिलाई थप कार्यान्वयन गर्न, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, परम्परागत मित्रतालाई अगाडि बढाउन, विकास रणनीतिलाई सुदृढ पार्न, उच्च गुणस्तरको "बेल्ट एण्ड रोड" संयुक्त रूपमा निर्माण गर्न सँगै मिलेर काम गर्ने आशा गरिएको छ। जसबाट चीन-बंगलादेश रणनीतिक सहकारी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याइने छ।

सोही दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री हसिनालाई बधाई सन्देश पठाउनुभएको छ।