चीनको अटोमोबाइल उत्पादन र बिक्री पहिलोपटक ३० मिलियन नाघ्यो
2024-01-11 14:45:30cri
Share with:

चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले ११ तारिख सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै पहिलोपटक ३० मिलियन इकाइभन्दा बढी देखाएको छ, जसले ऐतिहासिक उच्च रेकर्ड सिर्जना गरेको छ। तीमध्ये ४.९१ मिलियन इकाइहरू निर्यात भएका छन् र योसँगै चीन विश्वको नम्बर एक अटोमोबाइल निर्यातक मुलुक बन्ने अपेक्षा गरिएको छ।

 सन् २०२३ मा चीनको अटोमोबाइल उत्पादन र बिक्री क्रमशः ३०.१६१ मिलियन एकाइ र ३०.०९४ मिलियन एकाइ पुगेको छ भने सन् २०२२ को तुलनामा क्रमश: ११.६%  र १२% ले वृद्धि भएको छ। जसमध्ये ४.९१ मिलियन वाहन निर्यात भएको छ र गत सन् २०२२ को तुलनामा ५८% ले वृद्धि छ। सन् २०२२ मा चीन विश्वको दोस्रो ठूलो अटोमोबाइल निर्यातकर्ता भएको थियो। हाल चिनियाँ कारहरू २०० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरिन्छ।