सन् २०२३ मा चीनको नयाँ उर्जा गाडीको संख्या तिब्र गतिले बृद्धि
2024-01-11 18:17:06cri
Share with:

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, सन् २०२३ मा समस्त चीनमा मोटर-गाडीहरुको संख्या ४३ करोड ५० लाख पुगेको छ। सन् २०२३ मा चीनमा नयाँ दर्ता गरिएकोँ मोटर-गाडीहरुको संख्या ३ करोड ४८ लाख पुगेको छ भने नयाँ चालकहरुको संख्या २ करोड ४२ लाख ९० हजार पुगेको छ।

 

चीनका ९४ शहरमा मोटर-गाडीहरुको संख्या १० लाख नाघेको छ, जुन सन् २०२२ को तुलनामा १० वटा शहर थपिएका छन्, तीमध्ये छङ तु, पैचिङ, छोङ छिङ, शाङहाई र सुचौ लगायत पाँच शहरमा मोटर-गाडीहरुको संख्या ५० लाख नाघेको छ।

 

सन् २०२३ सम्म चीनको नयाँ उर्जा गाडीको संख्या २ करोड ४ लाख १० हजार पुगेको छ भने गत वर्ष नयाँ दर्ता गरिएका नयाँ उर्जा गाडीको संख्या ७४ लाख ३० हजार पुगेको छ।