“गैर-भौतिक सम्पदामा रहेको चीन” को वार्षिक समारोह शाङहाईमा आयोजित
2024-01-11 18:16:28cri
Share with:

चाइना मिडिया ग्रुप र चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा शानदार सांस्कृतिक कार्यक्रम “गैर-भौतिक सम्पदामा रहेको चीन” को वार्षिक समारोह एवम दोस्रो भागको उद्घाटन समारोह जनवरी ११ तारिख शाङहाईमा भव्य रुपमा शुरु भएको छ। केन्द्रीय प्रचार प्रसार विभागका उप-प्रमुख, चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङ, संस्कृति तथा पर्यटन मन्त्रालयका उप-मन्त्री राउ छ्वान, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत शाङहाई समितिका स्थायी सदस्य एवम् प्रचार प्रसार विभागका उप-प्रमुख चाउ च्या मिङ यस कार्यक्रममा उपस्थित हुनुभयो।

 

यस कार्यक्रममा शन हाई श्योङ, राउ छ्वान र चाउ च्या मिङले “गैर-भौतिक सम्पदामा रहेको चीन” को छायाङ्कन स्थललाई संयुक्त रुपमा स्मृतिपत्र वितरण गर्नुभयो।