चीन-अमेरिका जलवायु कार्य दल समूहको बैठक सफलतापूर्वक सम्पन्न
2024-01-12 14:32:59cri
Share with:

चीनको पर्यावरणीय मन्त्रालयको विच्याटमा सार्वजनिक सूचना अनुसार चीन र अमेरिकाका राष्ट्रनायकहरू बीचको सान फ्रान्सिस्को बैठकमा भएको सहमतिलाई कार्यान्वयन गर्न र जलवायु परिवर्तनको सामनामा सहयोग गर्न जनवरी १२ मा चीन-अमेरिका "२०२० देखि २०३० सम्मको दशकको जलवायु कार्यलाई बलियो बनाउने कार्य दल समूह" को शुभारम्भ बैठक भिडियोमार्फत सफलतापूर्वक सम्पन्न भएको छ। जलवायु परिवर्तनका लागि चीनका विशेष दूत स्ये चङ ह्वा र जलवायु मामिलाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत केरीले यस बैठकको अध्यक्षता गर्नुभएको छ।

दुवै पक्षले कार्यदलको सुचारुगत सुरुवातको उच्च मूल्याङ्कन गर्नुका साथै ऊर्जा संक्रमण, मिथेन, गोलाकार अर्थतन्त्र जस्ता प्रमुख सहयोगका क्षेत्रहरूमा काम गर्ने विषयमा गहिरो तथा मैत्रिपूर्ण वैचारिक आदानप्रदान गरेका छन्। दुवै पक्ष कार्य दल समूह संयन्त्रको आधारमा घनिष्ठ सञ्चार, आदानप्रदान र पारस्परिक सिकाइलाई निरन्तरता दिन सहमत भएका छन्।