नयाँ वर्षमा चिनियाँ परराष्ट्र मन्त्रीको पहिलो भ्रमण: अफ्रिका
2024-01-12 17:37:49cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले जनवरी १३ देखि १८ तारिखसम्म इजिप्ट, टुनिसिया, टोगो र कोट डी आइभोरीको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ। चिनियाँ परराष्ट्र मन्त्रीले लगातार ३४ वर्षसम्म नयाँ वर्षको शुरूवातमै सर्वप्रथम अफ्रिकाको भ्रमण गर्ने चलन अनुसारको निरन्तरता हो। त्यसपछि परराष्ट्र मन्त्री वाङ यीले जनवरी १८ देखि २२ तारिखसम्म 

ब्राजिल र जामाइकाको भ्रमण गर्नुहुनेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जनवरी ११ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त घोषणा गर्नुभएको हो।

प्रवक्ता माउका अनुसार, चीन र अफ्रिका दुवै देशका नेतागण बीच संवार्ताको प्रतिफललाई व्यवहारमा उतार्नुका साथै चीन-अफ्रिका मञ्चको नयाँ बैठकबारे अफ्रिकी पक्षसँग सम्पर्क राख्दै चीन-अफ्रिका परम्परागत मित्रताको उत्तराधिकार गर्नु नै परराष्ट्र मन्त्री वाङको यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।