राष्ट्राध्यक्ष सी चिनफिङ तथा लेसोटोका राजाबीच शुभकामना आदानप्रदान
2024-01-12 19:22:47cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १२ तारिख लेसोटोका राजा लेट्स्ए तृतीयलाई शुभकामना सन्देश पठाउँदै दुवै देशबीचको दौत्य सम्बन्ध पुन:स्थापनाको ३० औँ वार्षिकोत्सवका लागि बधाई प्रकट गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सीले राजा लेट्स्ए तृतीयसँगै मिलेर चीन-लेसोटो मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धलाई अझ विकसित पार्दै जान चीन इच्छुक रहेको कुरा आफ्नो शुभकामना सन्देशमा व्यक्त गर्नु भएको छ।

 

राजा लेट्स्ए तृतीयले महान चीनसँग घनिष्टसँग सहकार्य चलाउँदै दुवै देशको मित्रता र मैत्रीपूर्ण सहकार्यलाई निरन्तर रूपमा सुदृढ पारी दुवै देशको विकास र समृद्धिमा शक्ति थपिदिने कुरा आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।