चीनद्वारा लाल सागरको तनावपूर्ण स्थितिप्रति चिन्ता
2024-01-12 17:35:49cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयले जनवरी १२ तारिख नियमित पत्रकार सम्मेलनको आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा लाल सागरको वर्तमान स्थिति तथा येमनलाई लक्षित गरिएको हवाई आक्रमणबारे चर्चा गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता माउ निङले लाल सागर क्षेत्र मालसामान तथा उर्जा सम्बन्धी अन्तर्राष्ट्रिय व्यापारको महत्त्वपूर्ण मार्ग भएको बताउनुभयो। लाल सागरको तनावपूर्ण स्थिति चर्कँदै आएकामा चीनले चिन्ता गर्नुका साथै सम्बन्धित पक्षलाई संयम भई भिडन्त अझ गम्भिर हुनबाट रोक्न आह्वान गरेको उहाँले व्यक्त गर्नुभयो।

 

प्रवक्ता माउले विभिन्न पक्षहरुसँग सम्पर्क गर्न, तनावपूर्ण स्थितिलाई खुकुलो पार्न र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाको संयुक्त रुपमा संरक्षण गर्न चीनले सबैलाई आह्वान गरेको पनि स्पष्ट पार्नुभयो।