राष्ट्राध्यक्ष सी चिनफिङ तथा बेल्जियमका प्रधानमन्त्रीबीच भेटघाट
2024-01-12 19:22:17cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जनवरी १२ तारिख दिउँसो जन बृहत सभा भवनमा चीनको औपचारिक भ्रमणमा रहनुभएका बेल्जियमका प्रधानमन्त्री अलेक्जान्डर डेक्रोसँग भेटघाट गर्नुभएको छ।

 

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले बेल्जिमसँग संयुक्त राष्ट्र संघ लगतयका बहुपक्षीय प्रारूपमा रहेको सम्पर्क र समझदारीलाई सबल पारी जलवायु परिवर्तनको सामना गर्ने र जैविक विविधताको संरक्षण गर्ने विषयबारे सहकार्य चलाउँदै जान चीन इच्छुक रहेको बताउनुभयो।

 

प्रत्युत्तरमा प्रधानमन्त्री डेक्रोले चीनसँग सदिच्छापूर्वक सम्झौता वार्ता गरी राजनीतिक र आर्थिक क्षेत्रमा रहेका द्विपक्षीय सम्बन्धलाई विकसित पार्दै जान बेल्जिम इच्छुक रहेको औँल्याउनुभयो।