मायाद्वारा सिर्जित बेइजिङ यस्तो छ
2024-01-12 11:12:21CRI
Share with:

चीनको बेइजिङको केन्द्र भागमा दक्षिण-उत्तर दिशा केन्द्रीय अक्ष रेखा रहेको छ। यो अक्ष रेखाले एउटा रुलरजस्तै चीनको विकासको गति नाप्न सकिन्छ र चिनियाँ जनताहरूको बुद्धि र तीक्ष्णता पनि देखाउँछ।

बेइजिङको यो अक्ष रेखा करिब ७.८ किलोमिटर लामो छ, जहाँ १३ औँ शताब्दीदेखिका चिनियाँ इतिहास, चिनियाँ संस्कृति तथा सबैभन्दा महत्वपूर्ण र चीनका विशेष स्मारक वास्तुकलाहरू, धार्मिक वास्तुकलाहरू र प्रतिष्ठित वास्तुकलाहरू देख्न पाइन्छन्।

बेइजिङको केन्द्रीय अक्ष रेखाको संरक्षणमा भाग लिन र यसको सांस्कृतिक सम्पदाको मूल्यलाई देखाउनकालागि तथा समाजका सबै क्षेत्रको उत्साहलाई उत्प्रेरित गर्न हालैका वर्षहरूमा बेइजिङमा अक्ष रेखा सांस्कृतिक सम्पदाको उत्तराधिकार र अभिनवन प्रतियोगिताको आयोजना गरिँदैआएको छ। सन् २०२३ को प्रतियोगिता ७ महिनाभन्दा बढी चलेको थियो, सो प्रतियोगितामा ३ लाख मानिसहरूले भाग लिएका थिए र कुल ३०२ प्रतियोगीहरूले पुरस्कार जितेका थिए

बेइजिङको केन्द्रीय अक्ष रेखाको सुन्दरता कस्तो छ? सँगसँगै हेरौँ।