चीनको बरफ तथा हिउँ उद्योगको मात्रा ८ खर्ब चिनियाँ युआनभन्दा बढी
2024-01-12 17:36:27cri
Share with:

पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि बरफ तथा हिउँ सम्बन्धी खेल र पर्यटन चीनमा दिन प्रतिदिन लोकप्रिय हुँदै आएको छ। चीनको उत्तर-पूर्वी भागमा रहेका धेरै शहरहरु चालु वर्ष घुम्नका लागि लोकप्रिय पर्यटन गन्तव्य बनेका छन्। स्कटिङ, स्की, आइस हकी तथा हिउँद ऋतुमा पर्वतारोहण लगायत खेलहरुमा चिनियाँहरुले अरु बढी खर्च गर्दै आएका छन्।

 

हाल सार्वजनिक “चीनको बरफ तथा हिउँ उद्योगको विकास अनुसन्धान सम्बन्धी प्रतिबेदन २०२३”का अनुसार, सन् २०२५ सम्म चीनको बरफ तथा हिउँ उद्योगको मात्रा १० खर्ब चिनियाँ युआन पुग्ने लक्ष्य रहेको छ।