चीनको विदेशी व्यापारको जिवन्त शक्ति
2024-01-13 17:25:46cri
Share with:

चीनको भन्सार मुख्यालयले जनवरी १२ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२३ मा चीनको आयात र निर्यातको कुल रकम ४१७ खर्ब ६० अर्ब चिनियाँ युआन पुगेको र गत वर्षको अवधिको तुलनामा ०.२ प्रतिशतले बृद्धि भएको छ। चीनले सम्भवत: लगातार ७ वर्षसम्म पूरै विश्वको मालसामान व्यापार सम्बन्धी प्रथम ठूलो मुलुकको स्थानलाई कायम राखेको छ।

 

चीनको सम्पूर्ण व्यावसायिक प्रणाली र सशक्त समन्वय क्षमता भएकाले विभिन्न स्थानका व्यावसायिक समूह बन्नका लागि सघाउ पुग्नेछ। यसले व्यवसायको लागतलाई कम पारेको मात्र नभई उत्पादित वस्तुको सुधार र प्रगतिका लागि राम्रो जग पनि बसालेको छ। त्यो नै बितेका केही वर्षयता चीनको निर्माण कार्य द्रुत गतिले विकसित हुँदै आएको एक महत्वपूर्ण कारण पनि हो।

 

चीनको अर्थतन्त्र निरन्तर रूपमा राम्रो हुँदै आएको सिलसिलामा विदेशी व्यापारलाई समर्थन गरिने सकारात्मक पूर्वाधार पनि झन् झन् बढ्दै जानेछ। त्यसबाट विश्वव्यापी व्यापार र विश्व अर्थतन्त्रका लागि लाभान्वित हुनेछ।