किन विश्वले चिनियाँ गाडीलाई मन पराउँछ?
2024-01-13 17:19:29cri
Share with:

विगत केही दिनदेखि चीनको शान तोङ प्रान्तको यान थाई बन्दरगाहबाट निस्केको एउटा ठूलो ढुवानी जहाजले विश्वको नजरलाई तानेको छ। चीनको जहाज कारखानाबाट उत्पादित यो जहाजले विशेष गरी चिनियाँ मोटर-गाडी आयात गर्न उपयोग गरेको हो। त्यसले शन चनबाट ७ हजार चिनियाँ गाडी बोकेर युरोपतर्फ पुर्‍याउँदै छ, जसले स्थानीय बजारको माग पूरा गर्न सक्नेछ।

 

अहिले चिनियाँ मोटर-गाडीले २०० भन्दा बढी मुलुक तथा क्षेत्रमा निर्यात गरिसकेको छ। चिनियाँ मोटर-गाडी उद्योग संघबाट जनवरी ११ तारिख सार्वजनिक तथ्याङ्क अनुसार, सन् २०२३ मा चिनियाँ गाडीहरुको उत्पादन तथा विक्री मात्रा ३ करोड भन्दा बढी पुगेको छ, यो विगत १५ वर्षदेखि निरन्तर रुपमा विश्वको पहिलो स्थानमा रहँदै आएको छ।

 

अरु भन्दा बढी चिनियाँ गाडीहरुले विश्वमा निर्यात गरेको कुराले विश्वलाई अरु गुणस्तरीय तथा सस्तो मालसामानहरु पुर्‍याउँदै स्थानीय आर्थिक तथा सम्बन्धित उद्योगको विकासमा सघाउ पुर्‍याएको छ। यसका साथै चिनियाँ नयाँ उर्जा गाडीले विश्वको हरित आर्थिक विकासका लागि योगदान प्रदान गरेको छ।