सीएमजीद्वारा माल्दिभ्सका राष्ट्रपति मुइजुसँग अन्तर्वार्ता
2024-01-13 17:20:26CRI
Share with:

हाल सीएमजीले माल्दिभ्सका राष्ट्रपति मोहामेद मुइजुसँग विशेष अन्तर्वार्ता लिएको छ। सन् २०२४ मा चीनले सत्कार गरेका पहिलो विदेशी राष्ट्रनायक मुइजु हुनुहुन्छ। माल्दिभ्सका राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले गरेको पहिलो राजकीय भ्रमण चीन हो। दुई देश बीचको सम्बन्धलाई सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको स्तरमा उकासिएको कुराबारे चर्चा गर्दै उहाँले दुई मुलुकका जनता त्यसबाट लाभान्वित हुने भन्दै दुई देश बीचको मित्रता अरु खुला, अरु लामो तथा अरु महान दिशातर्फ विकसित हुने विश्वास गर्नुभएको छ।