चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताद्वारा चीनको थाइवान क्षेत्रमा भएको निर्वाचनबारे अमेरिकी विदेश मन्त्रालयको वक्तव्यबारे चर्चा
2024-01-14 17:30:53cri
Share with:

जनवरी १४ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनको थाइवान क्षेत्रमा भएको निर्वाचनबारे अमेरिकी विदेश मन्त्रालयको वक्तव्यबारे चर्चा गर्नुभएको छ।

 

प्रवक्ताका अनुसार, अमेरिकी विदेश मन्त्रालयले चीनको थाइवान क्षेत्रमा भएको निर्वाचनबारे वक्तव्य प्रकाशित गरेको कुरा एक मात्र चीनको सिद्धान्त र चीन तथा अमेरिका बीच हस्ताक्षरित तीनटा संयुक्त वक्तव्य विपरीत रहनुका साथै थाइवान क्षेत्रसँग सांस्कृतिक, व्यापारिक तथा अरु गैर-सरकारी सम्बन्ध मात्र गर्ने सम्बन्धमा अमेरिकाको राजनीतिक वचनबद्धतालाई गम्भिर रुपमा उल्लङ्घन गरेको छ। अमेरिकाको यस्तो गतिबिधिले “स्वतन्त्र थाइवान पक्षधर”लाई निकै गलत संकेत दिएको छ। चीनले यसप्रति कडा असन्तोष तथा दृढ विरोध गर्दै अमेरिकासँग गम्भिर कुराकानी गरिसकेको छ।