लिउ चेन छाउद्वारा अमेरिकाको भ्रमण
2024-01-14 17:32:26cri
Share with:

जनवरी ८ देखि १३ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सम्पर्क विभागका प्रमुख लिउ चेन छाउको नेतृत्वमा रहेको  चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले बेग्ला बेग्लै गरी अमेरिकी विदेश मन्त्री आन्टोनी ब्लिन्कन, राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सम्बन्धी प्रथम उपसहायक जोनाथन फिन्नर, डेमोक्रेटिक र रिपब्लिक दुई पार्टीका संघीय सिनेट र प्रतिनिधि सभाका सांसद, सानफ्रान्सिस्को शहरका मेयरका अतिरिक्त अमेरिकी बैकिङ, उद्योग-वाणिज्य, थिङ्कट्याङ्क र मिडिया क्षेत्रका व्यक्तिहरूसँग भेटघाट र वैचारिक आदान प्रदान गरेको छ।

 

प्रमुख लिउले अमेरिकी वैदेशिक सम्बन्ध परिषद्लाई सम्बोधन गर्नु बाहेक संयुक्त राष्ट्र संघ महासचिव आन्टोनियो गुटेरेससँग पनि भेटघाट गर्नुभएको छ।