राष्ट्राध्यक्ष सीद्वारा राजनीतिक तथा कानुनी कार्यलाई महत्तवपूर्ण निर्देशन
2024-01-14 17:30:20cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै राजनीतिक तथा कानुनी कार्यलाई महत्तवपूर्ण निर्देशन दिनुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनदेखि राजनीतिक तथा कानुनी मोर्चाले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा गहन रुपमा अध्ययन गर्दै नयाँ युग तथा नयाँ यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय जिम्मेवारीबारे केन्द्रीय समितिको निर्णयको पालना गरेको छ। राजनीतिक तथा कानुनी मोर्चाले विभिन्न कार्यलाई जोडतोड तथा प्रभावकारी रुपमा गरी नयाँ उपलब्धि हासिल गरेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।