नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको प्रधानमन्त्री दाहालको भनाइ, काठमाडौंमा चिनियाँ नयाँ वर्ष
2024-01-15 15:58:25cri
Share with:

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्षको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताउनुभयो। असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बझेको भन्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रही आएको उल्लेख गर्नुभयो।

 

नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, 'यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट र दृढ छ। आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित हुँदैन ।' आफ्नो चीन भ्रमणको बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, 'ताइवान चीनकै अभिन्न अंग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ। मेरो चीन भ्रमणका क्रममा जारी संयक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ। हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।'

 

चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै उनले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन् भन्नुभयो। प्रधानमन्त्रीले संस्कृतिक सम्बन्धको गतिलो उदहारणका रुपमा चन्द्रमासमा आधारित पात्रो रहेको उल्लेख गर्नुभयो। आफूले हालै गरेको चीनको औपचिारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल चीन सम्बन्धका विविध आयाममा गहिरो छलफल भएको उहाँले स्मरण गर्नुभयो।