भियतनामी युवती वु श छिङ सिनको चीन व्यापारको कथा
2024-01-15 10:01:59CRI
Share with:

हरेक बिहान ठूलो अथवा सानो झोला बोकेर भियतनामीहरु काम गर्न भियतनामको मोङ छाईबाट चीनमा प्रवेश गर्ने गर्दछन्। उनीहरुमध्ये कोही कफी पसलमा काम गर्छन् त कोही पथ प्रदर्शक र कोही चीनको क्वाङ सी प्रान्तको तोङ सिङ शहरमा व्यापार गर्छन्।

चिनियाँ समयभन्दा भियतनामी समय एक घण्टा पछि छ। त्यसैले हरेक बिहान भियतनामी समय अनुसार ७ बजे आफ्नो मोटरसाइकल चढेर १५ मिनेटमा वु श छिङ सिन तोङ सिङ नाका पुग्छिन्। 

दश वर्षदेखि नाका आउनेजाने गर्देआएकी छु। पहिले यहाँ आउन धेरै हतार गर्थेँ किनभने ढिलो भएमा मेरा साहुजी रिसाउनुहुन्थ्यो। अहिले आफू नै साहुजी बनेपछि जहिले आए पनि समस्या छैन। 

वु श छिङ सिनको पसल क्वाङ सी प्रान्तको तोङ सिङ शहरको एउटा थोक बजारको पाँचौँ तलामा छ। उनको पसल सजिलैसँग देखिन्छ। उनको पसलको ढोकामा उनको नामलाई नै पसलको नाम बनाइएको एउटा ठूलो बोर्ड झुण्डिएको छ। उनी पसलमा बस्दा ग्राहकको भिड लाग्छ। ग्राहकहरुले उनी घनिष्ठ साथी जस्तै मुल्याङ्कन गरेका छन्। क्वै चौ प्रान्तबाट आएकी एक जना ग्राहक यसरी भन्छिन्,साहुजी एकदम सुन्दरी छिन्, उनी राम्री व्यापारी हुन्।

ग्राहकहरुको प्रशंसाबाट वु श छिङ सिनले चीनमा बसेर निरन्तर रुपमा काम गर्ने छनौट सही भएको विश्वास गरेकी छिन्। चालू वर्षको अप्रिल महिनाअघि उनी बजारमा सामान्य कामदार थिइन्। तथापि १० वर्षसम्मको अनुभवबाट भियतनामका विशेष सामानहरु चीनमा लोकप्रिय भएको उनले देखिन। त्यसपछि उनले दुईवटा पसल भाडामा लिएर भियतनामका विशेष सामानहरु सम्बन्धी थोक व्यापार गर्न थालिन्। 

अहिले वु श छिङ सिनका चारवटा पसलहरु छन्। उनको व्यापार पनि राम्रो हुँदै छ।

करार र राहदानी भएपछि मैले व्यापार सम्बन्धी अनुमति पत्र सजिलैसँग प्राप्त गरेकी थिएँ। व्यापार सम्बन्धी अनुमति पत्र भएपछि मैले चिनियाँ बैंक कार्ड पनि प्राप्त गरेकी थिएँ। जसबाट पैसा ट्रान्सफर गर्न सुविधा भयो।

उन्नत वातावरणबाट वु श छिङ सिनले छिटै सिपालु रुपमा व्यापार गरेकी छिन्। उनी हरेक दिन विभिन्न ठाउँका चिनियाँ पर्यटकहरुसँग कुराकानी गर्छिन्। यस क्रममा उनको चिनियाँ भाषा पनि अझ राम्रो हुँदै आएको छ। चिनियाँहरुसँग व्यवहार गर्ने सिलसिलामा उनले चिनियाँहरुबाट शालीनता र भलादमीपन सिकेकी छिन्। त्यसलाई आफ्नो व्यापारमा उपयोग गरेपछि उनको पसलका ग्राहकहरु पनि बढ्दै आएको छ।

यहाँ आउने पाहुनाहरुलाई सर्वप्रथम केही भियतनामी खाजा खुवाउँछु। यदी उनीहरुलाई खाजा मन पर्‍यो भने उनीहरुले मकहाँ किनमेल गर्छन्। यदी उनीहरुलाई मन परेन भने पनि केही छैन। 

वु श छिङ सिनको इ-व्यापार पनि शुरु भएको छ। उनको वि-च्याटका साथीहरु प्राय ग्राहकहरु नै हुन्। 

चिनियाँ ग्राहकहरु मकहाँ सामान किनेपछि वि-च्याटमा मलाई जोड्ने गर्दछन्। वि-च्याटमा पनि उनीहरु मेरा खाजाहरु खरिद गर्छन्। यदी उनीहरुलाई मन पर्‍यो भने मलाई टेलिफोन गरी खाजा पठाउने आग्रह गर्छन्।

व्यस्तताको कारण कहिलेकाहीँ वु श छिङ सिन सोही दिन भियतनाम फर्कन सक्दैनन्, चीनमै बस्नुपर्छ। तथापि उनलाई यस्तो व्यस्तता मन पर्छ। भविष्यमा उनले चीनका धेरै ठाउँहरू घुम्ने योजना बनाएकी छिन्। 

फुर्सदमा मैले शाङहाई र पैचिङको ग्रेटवालको यात्रा गर्ने योजना बनाएकी छु। चीनका धेरै ठाउँहरुमा घुम्ने मेरो इच्छा छ।