थाइवान मामिलामा अमेरिकी हस्तक्षेपको चीनद्वारा विरोध
2024-01-15 18:53:19cri
Share with:

१५ तारिख हाल अमेरिकी प्रतिनिधिमण्डलले थाइवान क्षेत्रमा लाइ छिङद र छाइ यिङवनसँग भेट गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले थाइवान क्षेत्रको निर्वाचन चीनको क्षेत्रीय मामिला हो भन्दै चीनले अमेरिका र थाइवानबीच कुनै किसिमको आधिकारिक आवत-जावतको कडा विरोध गर्नुका साथै अमेरिकाले कुनै किसिम र कुनै निहुँमा थाइवान मामिलामा हस्तक्षेप गर्न विरोध गरेको व्यक्त गर्नुभयो।

 

१५ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। प्रवक्ता माउ निङले थाइवान विषयको चरम जटिलता र संवेदनशीलताबारे बुझेर एक चीन सिद्धान्त र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिको व्यवहारिक रूपमा पालना गरी अमेरिकी नेताले दोहोर्याएको थाइवान स्वतन्त्रता, दुई वटा चीन, एक चीन एक थाइवान समेतमा समर्थन नगर्ने वचनको पालना गर्न अमेरिकालाई ताकिता गरेको उल्लेख गर्नुभयो।