नाउरूले थाइवानसँग कुटनीतिक सम्बन्धको तोडेपछि चीनको प्रतिकृया
2024-01-15 16:27:38cri
Share with:

नाउरू सरकारले एक चीन नीतिलाई स्वीकार गर्दै थाइवानसँगको कूटनीतिक सम्बन्ध तोडेर चीनसँग कूटनीतिकि सम्बन्धको कायम गर्ने औपचारिक घोषणा गरेको छ। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ताले सार्वभौम स्वतन्त्र मुलुकको रूपमा रहेको नाउरूले उक्त निर्णय गरेकोप्रति चीनले प्रशंसा र स्वागत गरेको व्यक्त गर्नुभएको छ।

 

उहाँले भन्नुभयो, ‘विश्वमा एक मात्र चीन छ भने थाइवान चीनको अभिन्न अंश हो र जनगणतन्त्र चीन सरकार समस्त चीनको प्रतिनिधित्व गर्ने एक मात्र वैधानिक सरकार हो, जुन संयुक्त राष्ट्रसंघीय महासभाको नं २७५८ निर्णयबाट निश्चित गरिनुका साथै अन्तर्राष्ट्रिय समूहको व्यापक सहमति हो।’ उहाँले एक चीन नीतिको आधारमा चीनले विश्वका १८२ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको भन्दै नाउरू सरकारले चीनसँग कूटनीतिक सम्बन्धको पुनउत्थान गर्ने निर्णय गरेबाट एक चीन नीति जनताको चाहना र प्रमुख प्रवाह हो भन्ने फेरि एकपटक प्रतिबिम्बित गरिएको उल्लेख गर्नुभयो।

 

चीनले नाउरूसँग एक चीन नीतिको आधारमा दुई देश सम्बन्धको नयाँ पृष्ठ खोल्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।