छ्युश पत्रिकामा सी चिनफिङको संयुक्त मोर्चा सम्बन्धी महत्वपूर्ण लेख
2024-01-15 16:31:11cri
Share with:

जनवरी १६ तारिख प्रकाशित छ्युश पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको “नयाँ युगमा पार्टीको संयुक्त मोर्चा कार्यको राम्रोसँग गर्नुपर्ने महत्वपूर्ण विचारलाई पूर्ण, सही, व्यापक रूपमा कार्यन्वयन” शीर्षकको महत्वपूर्ण लेख सार्वजनिक गर्नेछ।

 

लेखले संयुक्त मोर्चा पार्टीको सामान्य कार्यदिशा र सामान्य नीतिको महत्वपूर्ण अंश हो भने चीनको क्रान्ति, निर्माण, सुधारका विभिन्न ऐतिहासिक अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दोहोर्याएको छ। सीपीसीको १८औँ महाधिवेशनदेखि यता पार्टीले संयुक्त मोर्चा कार्यको ऐतिहासिक उपलब्धि हासिल गर्न अग्रसर भएको छ भने संयुक्त मोर्चामा एकता, अग्रगमन, सक्रिय असल अवस्था देखिएको पनि लेखले व्यक्त गरेको छ।

लेखका अनुसार, नयाँ युगमा पार्टीको संयुक्त मोर्चा कार्यको राम्ररी गर्नुपर्ने महत्वपूर्ण विचार नै पार्टीको संयुक्त मोर्चाकोशताब्दी विकास इतिहासको बुद्धि क्रिस्टलाइजेशन हो साथै नयाँ युगमा संयुक्त मोर्चा कार्यको मूल सूचक पनि हो, समस्त पार्टीले त्यसको पूर्ण, सही, व्यापक रूपमा कार्यन्वयन गर्नुपर्छ।