इजरायल–प्यालेस्टाइन द्वन्द्वसम्बन्धमा चीन र अरब लिगद्वारा संयुक्त वक्तव्य जारी
2024-01-15 12:32:35CRI
Share with:

सन् २०२४ को जनवरी १४ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीले अरब लिगको भ्रमण क्रममा लिगका महासचिवसँग वार्ता गर्नुभएको छ। वार्तामा प्यालेस्टाइन–इजरायल द्वन्द्वबारे दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको छ र सहमतिमा पुगेका छन्। सम्पन्न सहमति यस प्रकार छन्,

पहिलो, युद्धलाई तत्कालै बन्द गर्नुपर्छ। गाजाको परिस्थिति र प्यालेस्टाइन–इजरायल द्वन्द्वका सम्बन्धमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेका सान्दर्भिक प्रस्तावहरूलाई पूर्ण र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ। प्यालेस्टाइनी सर्वसाधारणहरूको जबर्जस्ती स्थानान्तरणको विरोध गर्दछौँ। जतिसक्दो चाँडो सबै बन्दीहरूको रिहाई गर्न आह्वान गर्दछौँ। दिगो, छिटो, सुरक्षित र बाधाबिहिन संयन्त्रमार्फत गाजा क्षेत्रमा मानवीय पहुँच प्रदान गर्नुपर्दछ।

दोस्रो, अन्तर्राष्ट्रिय समुदायले सो क्षेत्रको चर्को स्थितिलाई कम पार्दै जतिसक्दो चाँडो युद्धविराम गर्न सक्रिय कदम चाल्नुपर्छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अन्तर्राष्ट्रिय सुरक्षा र शान्ति सँरक्षण गर्ने आफ्नो जिम्मेवारीको इमान्दारीपूर्वक वहन गर्नुपर्छ र त्यसका लागि बाध्यकारी कदम चाल्नुपर्छ।

तेस्रो, प्यालेस्टाइनको भविष्यसँग सम्बन्धित कुनै पनि बन्दोबस्तले " प्यालेस्टिनीले प्यालेस्टाइनको शासन व्यवस्था गर्ने " भन्ने सिद्धान्तको पालना गर्नुपर्दछ। ती बन्दोबस्तहरु प्यालेस्टाइन भित्रको मेलमिलाप प्राप्त गर्नेतर्फ लक्षित हुनुपर्छ। समावेशी राष्ट्रिय संवादमा प्यालेस्टाइनका विभिन्न पक्षहरूको सहभागिताको चीन र अरब लिगले समर्थन गर्ने जोड दिन्छौँ।

चौथो, प्यालेस्टाइनी जनताको आत्मनिर्णय र स्वतन्त्र राज्यको अधिकार प्रदर्शन गर्न गाजा क्षेत्र र जोर्डन नदीको पश्चिम किनारामा रहेका प्यालेस्टाइनी जनताको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाको आधार दुई देश समाधान प्रस्ताव हुनुपर्नेमा पनि जोड दिइएको छ।

पाँचौँ, प्यालेस्टाइन समस्याको व्यापक, न्यायोचित र स्थायी समाधान गर्न प्रभावकारी प्रयासको आवश्यकतामा जोड दिइएको छ। प्यालेस्टाइन संयुक्त राष्ट्रसंघको औपचारिक सदस्य बन्न समर्थन गर्दछौँ।

६, दुवै पक्षले लाल सागरमा पछिल्लो समय देखा परेको परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै यमनको राष्ट्रिय सार्वभौमिकता र भूभागको अखण्डताको सम्मान गर्नुपर्ने जोड दिएका छन्। साथै लाल सागरमा अन्तर्राष्ट्रिय व्यापारिक समुद्री मार्गहरूको सुरक्षालाई सुनिश्चित गर्नुपर्छ। गाजामा जारी द्वन्द्वलाई जतिसक्दो चाँडो बन्द गर्नुपर्छ। यसको प्रभावलाई अझ विस्तार हुनुबाट रोक्नुपर्छ र क्षेत्रीय शान्ति र स्थिरतालाई व्यवहारिक रुपमा सँरक्षण गर्नुपर्छ।

७, व्यापक सहभागिता हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना जतिसक्दो चाँडो गर्न आह्वान गरिएको छ। बाध्यकारी रोडम्यापको तर्जुमा गर्दै निश्चित समय तालिका अनुसार दुई देशको समाधान प्रस्तावको कार्यान्वयन गर्नुपर्छ र यसै आधारमा प्यालेस्टाइन-इजरायल शान्ति वार्ताको पुन: आरम्भ गरी प्यालेस्टाइन र इजरायलको शान्तिपूर्ण सह-अस्तित्वलाई साकार तुल्याउनुपर्दछ।

८, यस क्षेत्रको चर्को स्थितिलाई कम गर्न र गाजामा पूर्ण मानवीय संकटलाई जोगाउनुबाट अरब लिगले खेलेको महत्वपूर्ण भूमिकाको चीनले सराहना गर्दछ भने गाजामा भएको द्वन्द्वलाई बन्द गर्ने, युद्धविराम प्राप्त गर्ने र प्यालेस्टिनी जनताको न्यायोचित महाकार्यको समर्थन गर्ने क्षेत्रमा चीनले गरेको प्रशस्त प्रयासको अरब लिगले उच्च प्रशंसा गर्दछ। साथै प्यालेस्टिनी-इजरायल संघर्षको समाधानमा चीनको अडान भन्ने दस्तावेजको सराहना पनि व्यक्त गरेको छ। यसका अतिरिक्त, दुवै पक्षले सम्पर्क र समन्वयलाई मजबुत बनाउँदै गाजामा युद्धविराम हासिल गर्न र प्यालेस्टाइनी समस्याको व्यापक, न्यायोचित र स्थायी समाधानलाई अघि बढाउने निरन्तर प्रयास गर्दैजाने इच्छा पनि व्यक्त गरेका छन्।