थाइवानको परिस्थितिबारे चीनको अडान
2024-01-15 10:05:37CRI
Share with:

इजिप्टको भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले इजिप्टका विदेशमन्त्रीसँग वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ।

उहाँले प्रश्नको जवाफ दिँदै थाइवान क्षेत्रीय नेताको निर्वाचनपछि दुई किनाराको सम्बन्ध र थाइवानको परिस्थितिबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, थाइवान क्षेत्रको निर्वाचन चीनको क्षेत्रीय मामिला हो। निर्वाचनको नतिजा के हो भने विश्वमा एक चीन र थाइवान चीनको एक अभिन्न भाग भएको वास्तविकतामा कुनै परिवर्तन हुँदैन र अन्तर्राष्ट्रिय जगतले एक चीनको नीति लागू गर्ने मतैक्यमा कुनै परिवर्तन हुँदैन।

मन्त्री वाङ यीले जोड दिनुभयो, थाइवान देश होइन, पहिले पनि थिएन र भविष्यमा पनि हुँदैन। कथित थाइवानको स्वतन्त्रता सफल हुँदैन, न पहिला न त भविष्यमै, त्यो कहिले सफल हुँदैन। थाइवानको स्वतन्त्रताले थाइवान देशबन्दुको हितमाथि धम्की दिनुका साथै चीन राष्ट्रको मुल हितमाथि गम्भीर क्षति पुर्याइने छ र थाइवान क्षेत्रको शान्ति तथा स्थिरतामाथि भंग गर्ने छ। चीनको अन्त्यमा पूर्ण एकता हुने छ र थाइवान मातृभूमिमा फर्कने छ। अन्तर्रष्ट्रिय जगतले एक चीन नीतिको पालना गरी “थाइवानको स्वतन्त्रता” पृथक गतिविधिको विरोध गर्ने र राष्ट्रिय एकता गर्ने चिनियाँ जनताको न्याय कार्यलाई समर्थन दिने विश्वास चीनले गरेको छ।