प्यालेस्टाइन-इजरायल शान्ति वार्तालाई अघि बढाउन व्यापक सहभागितामूलक अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्नुपर्ने चीनको ठहर
2024-01-15 18:28:39cri
Share with:

जनवरी १५ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। यस अवसरमा एक पत्रकारले सोधे कि चीनले गाजा संकट अन्त्य गर्न ठूलो मात्रामा, अधिक आधिकारिक र अधिक प्रभावकारी अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्ने आग्रह गरेको छ। यो सम्मेलन कहाँ आयोजना गर्ने, कसले आयोजना गर्ने र चीनमा आयोजना गर्ने सम्भावना छ कि?

 

प्रवक्ता माओका अनुसार “दुई राज्य समाधान”कार्यान्वयन गर्ने आधारमा व्यापक सहभागितासहित अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्न चीनले आग्रह गरेको छ। जसले प्यालेस्टाइन समस्याको व्यापक, निष्पक्ष र दिगो समाधान र यस क्षेत्रका जनतालाई सुरक्षा प्रदान गर्दछ।

 

यो सम्मेलनको समय, स्थान र आयोजक सबै पक्षको परामर्शद्वारा तय गर्नुपर्ने र चीनले संयुक्त राष्ट्र संघको सक्रिय भूमिकाको पनि स्वागत गर्ने प्रवक्ता माओ निङले बताउनुभयो।