युक्रेन संकटमा चीनको मुख्य अडान शान्ति र वार्तालाई प्रवर्द्धन गर्नु हो
2024-01-16 18:41:43cri
Share with:

जनवरी १६तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभयो। एक पत्रकारले सोधे: स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्च आयोजना भइरहेको छ, स्विट्जरल्याण्डमा हुने युक्रेन शान्ति शिखर सम्मेलनमा चीनलाई सहभागी हुन आमन्त्रित गरिनेछ? चीनले यस सम्मेलनमा भाग लिन प्रतिनिधि मण्डल पठाउने छ कि? चिनियाँ प्रधानमन्त्री ली छ्याङले युक्रेनका राष्ट्रपतिलाई भेट्नुहुने कार्यक्रम छ कि ?

 

यसप्रति प्रवक्ता माओका अनुसार सबैभन्दा पहिले युक्रेनी संकटमा चीनको अडान निरन्तर र स्पष्ट रहेको र यसको मूल उद्देश्य शान्ति र वार्तालाई प्रवर्द्धन गर्नु रहेको छ। संकट व्यापक रूपमा बढ्दै गएदेखि चीनले युक्रेन लगायत सबै सम्बन्धित पक्षहरूसँग सम्पर्क राखेको छ। चीनले संकटको राजनीतिक समाधानको प्रवर्द्धनमा रचनात्मक भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न इच्छुक छ। शान्ति प्राप्तिका लागि सबै सम्बन्धित पक्षहरूको प्रयास र समर्थनलाई चीनले स्वागत गर्दछ।