हिउँदे पर्यटन तथा अर्थतन्त्र र ३८औँ बरफ बत्ती तथा हिउँ महोत्सव
2024-01-16 11:20:02CRI
Share with:

 केन्द्रबाट करिब ८० किलोमिटर उत्तर पश्चिममा अवस्थित यानछिङ क्षेत्रको लोङछिङस्यामा जनवरी १५ तारिखबाट ३८औँ बरफ बत्ती तथा हिउँ महोत्सव शुरू भएको छ।

आयोजक समितिका अनुसार, यसपटकको ३८औँ बरफ बत्ती तथा हिउँ महोत्सव अघिल्ला महोत्सवहरूभन्दा अझै विस्तार गरिएको छ। २ लाख ५० हजार वर्गमिटरको क्षेत्रफलमा २०० वटा बरफ मूर्ति, १०० वटा हिम मूर्ति ५० सेट बरफ लालटिन बत्ती तथा २००० भन्दा बढी रूख बत्ती सजाइएका छन्। यो महोत्सव पर्यटक तथा आगन्तुकलाई एउटा बेग्लै परी संसारमा पुर्याउन सफल छ।

सन् २०२२ को बेइजिङ हिउँदकालीन ओलम्पिकको सफलताले चीनको बरफ र हिउँ पर्यटन बजारलाई समृद्धितर्फ धकेलेको छ र हिउँदे पर्यटनको मुख्य इन्जिन बनेको छ। बेइजिङ २०२२ हिउँदेकालीन ओलम्पिक तथा पारालम्पिक समीक्षा र पुरस्कार समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधनको क्रममा हिउँ र बरफ मानिसहरूलाई धनी बनाउन तथा ग्रामीण पुनरुत्थानकालागि बहुमूल्य सम्पत्ति बनेको भन्दै ओलम्पिक खेलको तयारी र आयोजनाले चीनको हिउँ र हिउँखेलको विकासलाई अगाडि बढाएको बताउनुभएको थियो।

पछिल्ला वर्षहरूमा चीनमा हिउँद पर्यटनको विकास तीव्र गतिमा भइरहेको छ। यो बरफ तथा हिउँ मेला र यहाँका गतिविधिहरू सबै हिउँद पर्यटनभित्र पर्दछ। यसबाट बरफ र हिउँको सांस्कृतिक अर्थको अनुभव सँगसँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन सकिन्छ।

रोजगारको सिर्जना, स्थानीय उत्पादनको खपत तथा स्थानीय मानिसको सहभागिता र हिउँदे खेलकुद गतिविधि र सहभागिताले हिउँदे पर्यटनसँगै हिउँदे अर्थतन्त्रको विकास गरेको छ। यस हिउँदे पर्यटनले पर्यटक र चिनियाँ पर्यटन क्षेत्रको विकासमा तीव्रता दिएको छ।

विशेषतः बरफ र हिउँ अर्थव्यवस्थाको विकासले उत्तरपूर्वी चीनमा हिउँ उद्योगको विकास भएको छ। उत्तरपूर्वी प्रान्त हेइलोङच्याङको हार्बिन शहरले यसै नयाँ वर्ष अर्थात् जनवरी महिनाको आरम्भमा तीन दिने बिदामा ३० लाख पर्यटकलाई भित्र्याउँदै करिब ६ अर्ब युआन भित्र्याएको थियो।

नयाँ युगमा उत्तरपूर्वी चीनसहित समग्र चीनभरि बरफ तथा हिउँ पर्यटन अर्थव्यवस्थाको एउटा सकारात्मक बिन्दु बनेको छ।