प्रान्त तथा मन्त्रीस्तरीय प्रमुख नेताको उच्च गुणस्तरीय वित्तीय विकासलाई प्रवर्द्धन गोष्ठीलाई सी चिनफिङको सम्बोधन
2024-01-16 16:59:12cri
Share with:

प्रान्त तथा मन्त्रीस्तरीय प्रमुख नेताको उच्च गुणस्तरीय वित्तीय विकासलाई प्रवर्द्धन गोष्ठी १६ तारिख बिहान केन्द्रिय पार्टी स्कूल, पैचिङमा सुरू भयो।  

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष, एवं केन्द्रिय आयोगका अध्यक्ष सी चिनफिङले गोष्ठीको उद्घाटन समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले चिनियाँ विशेषतायुक्त वित्तीय विकास बाटो आधुनिक वित्तीय विकासको वस्तुनिष्ठ कानून अनुकूल रहनुका साथै चीनको राष्ट्रिय अवस्थाका लागि उपयुक्त विशिष्ट विशेषताहरू रहेको भन्दै पश्चिमी वित्तीय मोडलसँग आवश्यक रुपमा भिन्नता रहेको दोहोर्याउनुभयो।

 

उहाँले आत्मविश्वासलाई बलियो बनाउनुपर्ने र यो बाटोलाई अझ फराकिलो बनाउन अभ्यासमा अन्वेषण र सुधारलाई जारी राख्नुपर्ने पनि व्यक्त गर्नुभयो।