थाइवान मामिलामा जिम्मेवार हुन चीनद्वारा अमेरिकालाई ताकिता
2024-01-16 18:43:14cri
Share with:

अमेरिका राज्य विभागले वक्तव्य प्रकाशित गरी नाउरूले थाइवानसँग कूटनीतिक सम्बन्ध तोडेकोबारे निराश लागेको उल्लेख गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अमेरिकाले सार्वभौम मुलुकको स्वतन्त्रताबारे सार्वजनिक रूपमा गैरजिम्मेवार टिप्पणी गरी थाइवान क्षेत्रको “अन्तर्राष्ट्रिय स्पेस”को विस्तारलाई समर्थन गर्नु नै एक चीन नीति र चीन-अमेरिका तीन वटा संयुक्त विज्ञप्तिको गम्भीर उल्लंघन र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत हुन गएको छ। त्यसबारे चीनले कडा विरोध गरेको प्रवक्ता माओको भनाइ छ।

 

१६ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले उक्त कुरा बताउनुभएको हो। उहाँले एक चीन नीति व्यापक स्वीकृत अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय समूहको व्यापक सहमति हो भन्दै नाउरू सरकारले चीनसँग कूटनीतिक सम्बन्ध पुनःनवीकरण गरेबाट एक चीन नीति जनताको चाहना र सामान्य प्रवृत्ति भएको कुरा फेरि प्रतिबिम्बित भएको दोहोर्याउनुभयो। चीनले थाइवान मामिलाको सतर्क रूपमा ह्यान्डल गरी थाइवान स्वतन्त्र दललाई गलत संकेत देखाउने गतिविधि रोक्न अमेरिकालाई ताकिता गरेको पनि उहाँले बताउनुभयो।