"२०२४ स्प्रिङ फेस्टिभल गाला" को पहिलो रिहर्सल पूरा
2024-01-16 11:23:10CRI
Share with:

जनवरी १५ मा, चाइना सेन्ट्रल रेडियो र टेलिभिजन स्टेशनको "२०२४ स्प्रिङ फेस्टिभल गाला" को पहिलो रिहर्सल भएको छ। गायन, नृत्य, ओपेरा, क्रस टक जस्ता विभिन्न प्रकारका कार्यक्रमहरू तथा स्टेज भिजुअल डिजाइनमा पूर्ण रूपमा नवीन प्रविधि प्रयोग गरिएको छ। २०२४ स्प्रिङ फेस्टिभल गालाले "आनन्दित, शुभ र उल्लासपूर्ण" वातावरण सिर्जना गर्ने समग्र लक्ष्य राखेको छ। "विचार जोड कला जोड प्रविधि" को एकीकरण र संचारलाई गहिरो रुपमा विस्तार गरेको छ। विश्वभरका चिनियाँ मूलका मानिसकालागि हाँसोले भरिएको चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा सांस्कृतिक भोज प्रस्तुत गर्ने प्रयास गरिएको छ। 

यस वर्षको स्प्रिङ फेस्टिभल गालामा पहिलो पटक "स्प्रिङ फेस्टिभल गाला तपाईँलाई पर्खँदै" भन्ने कार्यक्रम पनि राखिएको छ। जहाँ समाजमा चर्चा कमाएका व्यक्तित्वहरूलाई स्प्रिङ फेस्टिभल गालाका दर्शकहरूमाझ बस्न आमन्त्रण गरिएको छ। पहिलो रिहर्सलमा, पान्डा ब्रीडर "बाजे जीन" र रेलवे कार्यकर्ता लिउ यिङ स्प्रिङ गालाको रिहर्सल हेर्न आमन्त्रित अतिथिहरूको पहिलो खेपका दर्शकको रुपमा उपस्थित भएका छन्।