पैचिङ लोङछिङस्या बरफ बत्ती र हिउँ महोत्सव
2024-01-16 10:56:03CRI
Share with:

जनवरी १५ तारिखदेखि पैचिङ लोङछिङस्या ३८ औँ बरफ बत्ती र हिउँ महोत्सव सुरू भएको छ। यो महोत्सव तथा हिम र बरफ आकृति र बत्तीहरूले पर्यटकका लागि काल्पनिक अप्सराका कथाजस्तै संसारको सिर्जना गरेको छ। पर्यटकले हिउँदे पर्यटन तथा संस्कृतिसँगै रमाइलो बरफ-हिउँ खेलको अनुभव गर्नपाएका छन्।

यो महोत्सवलाई स्वागत क्षेत्र, बत्ती क्षेत्र, बरफ मूर्ति क्षेत्र र उपत्यकामा बरफ क्षेत्र गरी ४ भागमा विभाजन गरिएको छ। यसपटक महोत्सवको अघिल्ला महोत्सवभन्दा विशाल भएको र २ लाख ५० हजार वर्गमिटर क्षेत्रफल ओगटेको आयोजक समितिले जनाएको छ।

महोत्सवको उद्घाटन समारोहमा १००० वटा ड्रोनले आकाशमा ड्रेगनका विविध चित्र समेत बनाइएको थियो।