#अल्पसंख्यक जाति# ग्रामीण व्यवसाय ई-वाणिज्यको तीव्र गति गाडीमा
2024-01-16 09:28:30CRI
Share with:

केही वर्षयता युगको विकासका साथसाथै धेरै युवाहरू विज्ञान तथा प्रविधिमार्फत् कृषिको विकास गर्ने र प्रत्यक्ष प्रसारणमार्फत् उत्पादनको बिक्री गर्ने तरिका छानेका छन्। जसले जन्मथलोको कृषि उत्पादन विविध मञ्चबाट अझ व्यापक बजारमा बढाएर ग्रामीण बासिन्दालाई समृद्धिको मार्गमा अघि बढाएको छ र ग्रामीण पुनरुत्थानमा बलियो शक्ति थपेको छ।  आजको कार्यक्रममा मैले ई-वाणिज्य गर्ने युवाहरूको कथा सुनाउन चाहन्छु।

चिनियाँ तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरीय ताच क्षेत्रीय थाङगा बस्तीमा जन्मेकी ट्रेरेनछ्युचेन ज्यादै मेहनती मान्छे हुनुहुन्छ। सन् २००३देखि २०१५सम्म उहाँले लिच, नाछ्यु आदि क्षेत्रमा सेविका र व्यवसायीको भूमिका निर्वाह गर्नुभयो।

सन् २०१५ ट्रेरेनछ्युचेनले जन्मथलो फर्केर आफ्नो व्यापार सुरू गर्नुभएको छ। उहाँ र श्रीमान काउ युङछानले अरू प्रान्त र शहरको भ्रमण गरेर उन्नत रोपण प्रविधि र व्यवस्थापन तरिका सिक्नुभएको थियो। 

राम्ररी तयारी गरेर सन् २०१६ मार्चमा ल्हासा शहरी ताच सुनौलो गहुँ कृषि विज्ञान तथा प्रविधिको विकास कम्पनी स्थापना भयो। सोही वर्ष डिसेम्बरमा ल्हासा शहरी ताच क्षेत्रीय गहुँ कृषि खेती सम्बन्धी किसान सहकारी संघको स्थापना भएर ट्रेरेनछ्युचेन उक्त सहकारी संघका न्यायिक जिम्मेवार नियुक्त हुनुभएको छ।

उक्त व्यवसाय साग र पशुपालनका लागि घाँसखेती तथा प्रारम्भिक प्रक्रिया र विक्री गर्ने आधुनिकीकरण कृषि व्यवसाय हो। सुरूदेखि ट्रेरेनछ्युचेनले व्यवसायको विकास दिशा र उद्देश्यलाई स्थानीय कृषि रोपणको औद्योगिक संरचनाको अध्ययन गर्ने, भूमिको उपयोग दरलाई माथि उकास्ने, र सागको प्रकार थप्ने बनाउनुभएको छ। 

सुनौलो गहुँ कम्पनीको स्थापनाको दोस्रो वर्ष साग रोप्ने २० ग्रीन हाउसको आधारमा थाङगा बस्ति छ्यौङता गाउँले फेरि ६० वटा सब्जी रोपण आर्क शेड र १० ग्रीन हाउसको निर्माण गरेको छ। 

केही वर्षको प्रयासमा कम्पनीसँग ६९ वटा कृषि यन्त्र भएर पूर्ण रूपमा यान्त्रिकीकरण भएको छ। कम्पनीको मुख्य उत्पादन घाँस, जौ र सब्जी ल्हासा र वरिपरि बजारमा फैलिएको छ।

 

साथै कम्पनीले चिनियाँ विज्ञान एकेडेमी तथा तिब्बती कृषि तथा पशुपालन विज्ञान एकेडेमीलगायत वैज्ञानिक तथा प्राविधिक अनुसन्धान संस्थासँग सहयोग गरेर तत्स्थान अनुकुल श्रेष्ठ बीउको विकास गर्नुका साथै उन्नत रोपण प्रविधि भित्र्याएर पठारभूमिमा मकै उत्पादन गर्ने रोपण प्रविधिको सिर्जना गरेको छ। 

ट्रेरेनछ्युचेनले स्थानीय रोजगार समस्याको समाधान गर्नुका साथै कर्मचारीलाई शीप तालिम दिनुभएको छ। हाल सुनौलो गहुँ कम्पनीले लगभग एक सय प्राविधिक व्यक्तिलाई तालिम दिनुका साथै ४२४ परिवारका किसान तथा पशुपालकका लागि आम्दानी बढाएर प्रत्येक वर्ष हरेक परिवार १९ हजार युआन बढाएको छ। 

ट्रेरेनछ्युचेनले यसरी भन्नुभयो-

“पहिलाको सारांश गर्दा म रोएँ, हाँसेँ, र धेरैपटक परित्याग गर्नखोजेँ। हाल भविष्यप्रति म आशावादी छु, र अवश्य नै प्रयास गर्नेछु।”