चीनले विश्व आर्थिक विकासका लागि बलियो प्रोत्साहन प्रदान गरिरहने
2024-01-17 18:31:04cri
Share with:

जनवरी १७ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले आयोजना गर्नुभएको  नियमित पत्रकार सम्मेलनमा केही पत्रकारले स्विट्जरल्याण्डको डाभोसमा भैरहेको विश्व आर्थिक मञ्च २०२४ को वार्षिक बैठकले धेरै ध्यानाकर्षण गरेकोबारेमा जिज्ञासा राखे। उक्त बैठकमा दुई आवाजहरू उठेका छन् जस्तो कि एउटाले राष्ट्रिय सुरक्षाको लागि आर्थिक र व्यापारिक आदानप्रदानमा निर्यात नियन्त्रण आदि तरिकाले "जोखिम कम गर्नुपर्छ भन्छ, अर्कोले विश्वास गर्छ कि सहयोगले मात्र समस्या समाधान गर्न प्रेरणालाई पुन: जगाउन सक्छ।

 

प्रवक्ता माओ निङका अनुसार अन्तर्राष्ट्रिय औद्योगिक श्रम विभाजनका वस्तुनिष्ठ कानूनको पूर्ण सम्मान गर्दै, व्यापार र लगानीको उदारीकरण र सहजीकरणलाई अडिग रूपमा प्रवर्द्धन गरेर, सहयोगको बन्धनलाई बलियो बनाएर र आपसी हितलाई ठूलो बनाएर मात्रै साँच्चै विभिन्न पक्षको साझा हितलाई अनुकूल हुन सकिनेछ।

 

विश्वभरका देशहरूले संवाद र सञ्चारलाई बलियो बनाउँदै थप समन्वयात्मक र प्रभावकारी उपायहरू लिनुपर्ने उहाँको ठहर छ। उहाँले भन्नुभयो, ‘बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक सुरक्षित गर्नुपर्दछ, संयुक्त रूपमा विश्वव्यापी आर्थिक सुशासनमा सुधार गर्नुपर्दछ र विश्वव्यापी आर्थिक विकासको लागि नयाँ गतिको आवादी गर्नुपर्छ।’

 

चीनले बाहिरी संसारका लागि अडानका साथ खुलापन कायम राख्दै भन्दै उहाँले विश्वलाई चीनका अवसरहरू साझा गर्न र अन्य देशहरूसँग मिलेर विकास गर्नदिने औंल्याउनुभयो।