चीनका प्रधानमन्त्री ली छ्याङद्वारा फ्रान्सका प्रधानमन्त्री अट्टाललाई बधाई सन्देश
2024-01-17 15:04:39CRI
Share with:

जनवरी १६ तारिखमा चीनको राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङले गाब्रिएल अट्टाललाई फ्रान्सका प्रधानमन्त्री नियुक्त हुनुभएकोमा टेलिफोनमार्फत् बधाई ज्ञापन गर्नुभएको छ।

सो क्रममा, ली छ्याङले चीन र फ्रान्स दुवैले स्वतन्त्रताको परम्परा बोकेको र राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य मुलुकहरू भएको उल्लेख गर्नुभएको छ। हालैका वर्षहरूमा, दुई देशका प्रमुखहरूको रणनीतिक मार्गदर्शनमा चीन र फ्रान्सबीचको सम्बन्ध स्थिर र स्वस्थ रुपमा अगाडि बढ्दै गएको र जटिल संसारमा मूल्यवान स्थिरता प्रदान गरेको छ। चालु वर्ष चीन र फ्रान्स बीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव हो र दुई देश बीचको सम्बन्धले नयाँ यात्रा थालनी गरेको छ।‘द्विपक्षीय आदानप्रदान र विभिन्न क्षेत्रहरूमा सहकार्य अझ प्रगाढ बनाउन तथा नयाँ शक्ति थप्न र स्थायी, पास्परिक लाभदायी, खुला चीन तथा फ्रान्स बीच व्यापक रणनीतिक साझेदारी सम्बन्धको स्थापनामा नयाँ भूमिका खेल्न म तपाईँसँग मिलेर काम गर्ने इच्छा लिएको छु,’प्रधानमन्त्री ली छ्याङले भन्नुभयो।