३ दिनको आम्दानी ६ अर्बः "बर्फ र हिउँ पनि सुन र चाँदी"
2024-01-17 06:50:58cri
Share with:

सन् २०२४ को सुरुवातमा, उत्तरपूर्वी चीनस्थित हार्पिनको पर्यटन चीनमा मात्र होइन विदेशमा पनि कहलिएको छ। हालसालै, धेरै नेपाली साथीहरूले जिज्ञासा राखेका छन् कि "जमेको नासपाती सशिमीको अर्थ के हो र? जमेको नासपाती उत्तरपूर्वी चीनका सर्वसाधारणले खुब खान्छन् जसले मौसमको फाइदा उठाउँदै चिसो र मीठो स्वादका नासपातीलाई जमेर सिधा र निर्भीकताका साथ खाने गर्छन्। यस आधारमा, हार्पिनबासीहरुले धेरै "नयाँ तरिका" विकास गरेका छन्, जमेको नासपाती कफी, जमेको नासपाती फूल चिया ...... ती नयाँ खानेकुरा र खाद्य पदार्थले भ्रमण गर्न आएका पर्यटकहरूको स्वाद र आवश्यकताहरूसँग मेल खाएको देखिन्छ। साथै यसले विश्वभरका पर्यटकहरूलाई "हार्पिन" को पूर्ण ईमानदारी प्रदान गरेको छ। यसका अतिरिक्त, चिनियाँ लगायत विदेशी सामाजिक सञ्चारमा पनि व्यापक आकर्षण र छलफल पनि उठाएको छ। हार्पिन स्थानीयहरूले यसो भन्छन्: "हार्पिन, तिमी मलाई अपरिचित जस्तो महसुस गराउने रहेछौ त।"

निस्सन्देह, हार्पिन सन् २०२४मा चीनको पर्यटन उद्योगको पहिलो कालो घोडा ‘डार्क हर्स’ बनेको छ। चीन पर्यटन अध्ययन एकेडेमीले जनवरी ५ मा सार्वजनिक गरेको 'बरफ र हिउँदे पर्यटनका उत्कृष्ट १० शहर २०२४' मा हार्पिन प्रथम स्थानमा रहेको छ। सन् २०२४ मा ३ दिने नयाँ वर्षको बिदामा हार्पिनमा कुल ३०.४७९ लाख पर्यटकहरू भ्रमण गरेको  र ५ अरब ९१ करोड ४० लाख चिनियाँ युआन बराबर कुल पर्यटन आम्दानी भएको छ जुन इतिहासको शिखरमा पुगेको छ। यो भन्न सकिन्छ कि हार्पिनले "खसालेको धन " को यो राउन्ड स्थिरताका साथ पाएको छ। अनि हार्पिनले यस्तो उपलब्धि कसरी पाएको छ त?

पहिलो, बर्फ र हिउँ संसाधनहरू नै हार्पिनको हार्ड पावर हो। चीनको उत्तर-पूर्वमा अवस्थित हार्पिनमा प्रति वर्ष औसत १८० जति दिनसम्म हिउँले ढाकिन्छ र अद्वितीय बर्फ र हिउँ संसाधनहरुको यो क्षेत्र धनी छ। यसले गर्दा, आकर्षक स्थानीय बरफ हिउँ संस्कृति विकसित गरिरहन्छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ‘हिउँ र बरफ पनि अमूल्य धन सम्पत्ति हुन्'भन्ने कुरा बताउनुभएको थियो। हार्पिनले बरफ र हिउँ संसाधनहरू श्रेष्ठताको पूर्ण उपयोग गर्दै क्षेत्रीय आर्थिक विकासको लागि आफ्नो बर्फ र हिउँ पर्यटनलाई नयाँ सञ्चालित शक्ति बनाइरहेको छ। ८.१ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको २५ औं बरफ र हिउँ वल्र्ड विश्वमा सबैभन्दा ठूलो ‘आइस एण्ड स्नो थिम पार्क’ बनेर विश्व गिनिज रेकर्डमा सूचिकृत गरिएको छ। ५०० मिटर लामो आइस स्लाइड र ४२ तला अग्लो स्नोफ्लेक फेरिस ह्वील जस्ता लोकप्रिय खेलहरू खेल्नको लागि मानिसहरूलाई माइनस २० डिग्री सेल्सियसभन्दा बढीको चिसोपनका बाबजुद लामो समयसम्म लाइनमा पर्खने गर्छन्।

 दोस्रो, हार्पिनको नरम शक्ति होः इच्छाशक्ति र नवीनता। विमानस्थलमा फैंसी स्वागत, शहरका चोकहरुमा निर्मित "न्यानो स्टेशन", र बिछ्याइएको नचिप्लिनेखालको कार्पेट यी सबैबाट पर्यटकहरूलाई हार्पिनको मनसाय र हेरचाह महसुस गराइदिन्छ। इच्छाशक्तिबाहेक, त्यहाँ धेरै "नयाँ विचारहरू" पनि व्यवहारमा उतारिएका छन्। पर्यटकलाई फोटो खिच्न सजिलो होस् भनेर बरफ घोडालाई पँखा लगाइदिएको छ। कृत्रिम चन्द्रमा झुड्याइएको छ र हिउँमा तातो हावाको बेलुन चढने खेल...... यी बन्दोबस्तहरुले पर्यटकलाई सुविधा दिन्छ।

हिउँदे ओलम्पिक पछिको समयमा, चीनका विभिन्न ठाउँहरूमा बरफ र हिउँ उद्योग, बर्फ र हिउँ अर्थव्यवस्थाको विस्फोटक वृद्धि भएको पाइएको छ। हार्पिनले सन् २०२५ मा नवौं हिउँदे एसियाली खेलकुदको आयोजना गर्ने छ। हार्पिन लगायत चीनको सम्पूर्ण उत्तर पूर्वी क्षेत्रले बरफ र हिउँ अर्थव्यवस्थाको उच्च-गुणस्तरको विकासलाई बढाउने अवसरको फाइदा उठाइरहेका छन्। र "बर्फ र हिउँ पनि अमूल्य धन सम्पत्ति हुन्" भन्ने उज्ज्वल भविष्यको दिशामा उन्मुख नयाँ युगमा उत्तर पूर्वी चीनको पुनरुत्थान गर्ने दृढ लक्ष्यलाई साकार तुल्याउँदै जानेछन्।