प्रजातान्त्रिक गणतन्त्र कंगोका पुनःनिर्वाचित राष्ट्रपतिलाई सी चिनफिङद्वारा बधाइ सन्देश
2024-01-17 18:32:20cri
Share with:

जनवरी १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फेलिक्स चिसेकेदीलाई बधाइ सन्देश पठाएर प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपतिमा पुनःनिर्वाचित हुनुभएकोमा शुभकामना ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले प्रजातान्त्रिक गणतन्त्र कंगो चीनको परम्परागत मैत्रीपूर्ण मुलुक र व्यापक रणनीतिक सहयोगी साझेदारी रहेको भन्दै केही वर्षयता दुई देशबीच सम्बन्धको तीव्र विकास भएसँगै व्यवहारिक सहयोगको प्रशस्त उपलब्धि देखिनुका साथै परम्परागत मित्रता पनि गहन हुँदैआएको उल्लेख गर्नुभयो।

 

आफूले राष्ट्रपति चिसेकेदीसँग आपसी राजनीतिक विश्वासलाई गहन पार्ने, दुई देशबीच व्यापक रणनीतिक सहयोगी साझेदारी सम्बन्धको अर्थलाई विस्तृत पार्ने, दुई देश सहयोगलाई अघि बिढाउने इच्छा लिएको पनि सीले व्यक्त गर्नुभयो।