एक वर्षमा साढे १९ हजार यात्रुको ‘ट्रान्जिट’ बन्यो त्रिभुवन विमानस्थल
2024-01-17 16:44:32cri
Share with:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार पुगेको छ ।

 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन्। यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका अनलाइखबरले समाचार लेखेको छ।

कार्यालयका अनुसार सन् २०२३ अक्टोबरमा सबैभन्दा धेरै ३ हजार ३ सय ५९ यात्रुले विमानस्थललाई ट्रान्जिट बनाएका थिए । मार्चमा ३ हजार २ सय ४५ तथा जुनमा २ हजार ४ सय ५८ ले ट्रान्जिट बनाएर यात्रा गरेका थिए ।