पाकिस्तानी राष्ट्रपति, ‘इरानसँगको समस्या वार्ता र परामर्शबाट समाधान गर्नुपर्छ’
2024-01-18 19:45:06cri
Share with:

स्थानीय समय अनुसार १८ तारिख पाकिस्तानी राष्ट्रपति अल्वीले इरानको सिस्तान-बलुचिस्तान प्रान्तमा पाकिस्तानको कारबाहीबारे वक्तव्य प्रकाशित गर्नुभएको छ। यस वक्तव्य अनुसार पाकिस्तानले राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतामा सम्झौता नगर्ने र आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने छ। आतंकवाद एक साझा चुनौती हो जसलाई उन्मूलन गर्न विश्वव्यापी प्रयास आवश्यक छ र पाकिस्तानले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ। अन्य देशले पनि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन नगर्ने आशा राख्छ। पाकिस्तान र इरान दाजुभाइ मुलुकहरु हुन् भने समस्याको समाधान गर्न वार्ता तथा परामर्शबाट समाधान गर्नुपर्छ।