काठमाण्डौँ वसन्त महोत्सव गाला सांस्कृतिक पर्व हो साथै चीन-नेपाल मित्रताको नयाँ सुरूवात पनि हो
2024-01-18 10:44:04cri
Share with:

सन् २०२४ चीनको परम्परागत वसन्त चाडला विश्वको चाडको रूपमा समावेश गरिएपछिको पहिलो वर्ष हो। सबैको अपेक्षा अनुरूप नेपालले पनि चिनियाँ ड्र्यागन वर्ष मनाउन अग्रता लिएको छ। जनवरी १४ तारिख बेलुका नेपालका लागि चिनियाँ राजदूताबासले काठमाण्डँस्थित याक एन्ड यती होटेलमा सन् २०२४ वसन्त महोत्सव गाला एवम सम्बद्ध श्रृंखला कार्यक्रमको उद्घाटन समारोहको योजना गरेको थियो। नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलगायत नेपालका राजनीतिज्ञहरू, राजनीतिक दलका नेतागण, विभिन्न वर्ग र क्षेत्रका मित्रहरू, नेपालका लागि विदेशी राजदूतहरू, नेपालमा प्रबासी चिनियाँहरू समेत ७०० भन्दा बढी व्यक्तिहरूले भेला भएर वसन्त महोत्सव मनाएका छन्।

 

सो अवसरमा युननान प्रान्तीय गीत र नृत्य थिएटर, प्रान्तीय एक्रोबेटिक समूह, नेपाल मञ्जरी म्युजिक एकेडेमीको नाचगान कार्यक्रमले मन हरेको छ। चीनको हानि जाति, तिब्बती जाति, ताइ जाति, लिसु जातिलगायत जातीय नाचगान र नेपाली नाचगान कार्यक्रम तथा “रेशम फेरिरि”, “चतारीको छेमा पिपलुको छायाँ”, जस्ता लोकप्रिय गीत र “नेपालको नृत्य” एक अर्काको पूरक बनेको छ भने इन्स्ट्रुमेन्टल सङ्गीत, एक्रोब्याटिक्स र अन्य अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शनले सबैको मन जितेको छ। लगभग ४ घण्टासम्म चलेको गालामा दर्शकसामु चीन र नेपालको सांस्कृतिक पर्व प्रदर्शन गरिएको थियो। यसबाहेक तत्स्थानमा सांस्कृतिक बुथ राखेर चिनियाँ र नेपाली संस्कृति तथा चालचलन प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री प्रचण्डले तत्स्थान बधा सन्देश लेखेर चिनियाँ परम्परागत बाजा प्रदर्शनको उच्च प्रशंसा पनि गर्नुभएको थियो।

 

नेपालका लागि चीनका राजदूत छन सुङले चिनियाँ वसन्त महोत्सवका तत्व र नेपाल मिलेर हिमालयको सबैभन्दा सुन्दर गेसाङ फूल पक्कै निस्कने विश्वास फूले लिएको व्यक्त गर्नुभयो। नेपालका प्रधानमन्त्री प्रचण्डले नेपाल र चीन छिमेकी र जोडिएको मात्र नभइ संस्कृति पनि मिलेको भन्दै दु देशबीच घनिष्ठ सम्बन्ध रहेको र सबैभन्दा असल उदाहरण नै दु देशले -फ्नो परम्परागत नव वर्ष मनाएको कुरा बताउनुभयो। हजुर, चीन र नेपालबीचको मित्रता यति मात्र होइन। वास्तवमा पाँचँ शताब्दी र सातँ शताब्दीमा चीनका प्रख्यात भिक्षु फास्येन र स्युएनचाङले एकपछि अर्को गरी धर्म खोज्न शाक्यमुनि बुद्धको जन्मथलो लुम्बिनी पुगेका थिए। पाँचँ शताब्दीको सुरूमा नेपालका वरिष्ठ बुद्धभद्रले चीनमा २० वर्षसम्म धर्मग्रन्थ अनुवाद र धर्म प्रचार गरेका थिए। १३औँ शताब्दीमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले ४० वर्षसम्म चीनमा बसेर पैचिङमा श्वेत प्यागोडा मन्दिरलगायत कैयँ ठूला मन्दिरको निर्माण गरेका थिए। हजार वर्षभन्दा लामो समयसम्मको वत-जावत र दान-प्रदानबाट दु देशका सभ्यताको समृद्धि र विकासला बढाइएको छ। हजार वर्षको मित्रता बोकेको चीन-नेपाल सम्बन्धले नयाँ सुरूवातमा बसेर बेल्ट एन्ड रोडको धारमा चीन-नेपाल भाग्य समुदायको रचना गर्न अघि सर्नेछ।

 

नेपालचीन मित्रता सदा रहिरहने शीर्षकीय सामूहिक गायनसँग गाला सम्पन्न भएको थियो। जुन वसन्त महोत्सव श्रृंखला कार्यक्रमको प्रस्तावना मात्र हो यसपछि चिनियाँ लालटिन प्रदर्शन, ड्रयागन र सिँह नाचगान, चीन-नेपाल मित्रता फुटबल प्रतियोगिता, वसन्त महोत्सव मेलालगायत विविध कार्यक्रम एकपछि अर्को गरी प्रदर्शन गरिनेछ जसबाट काठमाण्डँमा चिनियाँ नव वर्ष मनाउन अझ रामाइलो हुनेछ साथै चीन-नेपाल मित्रता पनि अझ घनिष्ठ हुनेछ। नेपालका प्रधानमन्त्री प्रचण्डले भन्नुभए झैँ यसै वसन्त महोत्सव मनाउने कार्यक्रमबाट नेपाल र चीनबीचको घनिष्ठ सम्बन्ध प्रतिबिम्बित भएको छ साथै दु देशबीच जैविक सिम्बायोटिक अन्तरक्रियाला बढाउन मद्दत पुग्नेछ। भविष्यमा नेपाल र चीनबीचको सम्बन्ध अझ घनिष्ठ हुनेमा विश्वस्त रहेको प्रचण्डले बताउनुभयो।