अमेरिकाले चीनको विकासलाई रोक्न आफू र आफ्नो गठबन्धकहरूको फाइदालाई पनि बेवास्ता
2024-01-18 09:05:41CRI
Share with:

चीनलक्षित अमेरिका “चिप युद्ध” चर्कँदैआएको देखिन्छ। अमेरिकी सम्बद्ध प्रविधि र कम्पोनेन्टका हाइ-एण्ड चिप निर्माता र चिप उपकरण निर्मातामाथि चीनमा निर्यात गर्न बाधा गरेपछि हालै कुनै अमेरिकी चीनविरूद्ध सांसदको उक्साहटमा अमेरिकी सरकारले चिपको परिपक्व प्रक्रिया विषयमा "समस्या बनाउन" थालेको छ जसको उद्देश्य चिप क्षेत्रमा चीनलाई पूर्ण रूपमा विभाजित गर्ने रहेको छ। त्यसपछि चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले अमेरिकाको सकेसम्म चीनको चिप उद्योगको विकासलाई दबाउने लक्ष्य तथाकथित राष्ट्रिय सुरक्षाको सोचाइ नभएको, निष्पक्ष प्रतिश्पर्धा पनि नभएको तर कुनै सिद्धान्त वा बटमलाइनबिना एकपक्षीय धम्की भएको र उदीयमान बजार तथा विकासोन्मुख मुलुकको सुखमय जीवन बिताउने अधिकारमाथि जबरजस्ती भएको उल्लेख गर्नुभएको छ।

 “राष्ट्रिय सुरक्षा” को संरक्षण गर्नु नै अमेरिकी सरकारले चीनसँग विभाजित गर्न खोजेको लायक निहुँ मात्र हो। तथाकथित राष्ट्रिय सुरक्षाकालागि वाशिङटनले उद्यमको हित र जनसमूहको लाभलाई त्याग गर्नसक्छ। चीन विश्वको सबभन्दा ठूलो चिप बजार हो, तर “चिप प्रतिबन्ध” बाट अमेरिकाका सेमी कन्डक्टर कम्पनीलाई निकै दुःख लागेको छ र चीन बजार त्याग्नुपर्ने अवस्था छ। गत वर्षको पूर्वार्ध अमेरिकाका शीर्ष सेमी कन्डक्टर कम्पनीहरूको व्यापार मात्रा निकै धेरे घटेको थियो। अमेरिकाको सेमी कन्डक्टर उद्योग संघका सीईओ जोहन न्यूफीरले अन्तिम उपायको रूपमा सरकारलाई भन्नुभयो कि अमेरिकाको सेमी कन्डक्टर कम्पनी वाशिङटनको सुरक्षा चिन्ताको कारणले चीन बजारमा अनुपस्थित रहन हुँदैन। तर अमेरिकाका राजनीतिज्ञले उद्यमहरूको हित आफ्नो मुख्य विचारमा राखेको छैन। हाल अमेरिकी वाणिज्यमन्त्री गिना राइमोन्दोले एनविदिया कम्पनिलाई चेतावनी दिनुभयो कि “राष्ट्रिय सुरक्षा” कालागि प्रतिबन्धलाई नाघेर चीनलाई कृत्रिम बुद्धिमत्ता चिप निर्यात गर्न निषेध छ।

वाशिङटनले “राष्ट्रिय सुरक्षा” को परिभाषाको दुरूपयोग गरेबाट अमेरिका व्यवसायहरूलाई निकै दुःख लागेको छ, स्वभावतः गठबन्धकको भावनाबारे विचार गर्दैन। अमेरिकाको वाणिज्य मन्त्रालयले चीनको परम्परागत चिपलक्षित कर कदम लागू गर्ने संभावना देखेपछि सर्वप्रथम दक्षिण कोरियाली मिडियाले चिन्ता व्यक्त गरेको छ। “चिप प्रतिबन्ध” लागू भएबाट दक्षिण कोरियाको सेमी कन्डक्टर उदयोगसमक्ष निर्यात मात्रा आधा घट्ने अवस्था देखिसकेको छ। चीनको परम्परागत चिपलक्षित प्रतिबन्ध दक्षिण कोरियाको सेमी कन्डक्टर व्यवसायका लागि चोटलाई बल्झाउने जस्तो हो। मेमोरी चिप उत्पादन गर्ने दक्षिण कोरियाली सेमी कन्डक्टर कम्पनीले चीनमा ठूलो लगानी गरेका छन् भने सीआन र ताल्येन नगरमा मात्र लगानी मात्रा दशौँ अर्ब चिनियाँ युआन पुगेको छ। अमेरिकाले चीन उत्पादित परम्परागत चिपमाथि उच्च शुल्क मागेमा दक्षिण कोरियाली व्यवसायले भोग्नु पर्ने नोक्सानी अतुलनीय हुनेछ।

अमेरिकाले चीनको विकासलाई रोक्न आफू र आफ्नो गठबन्धकहरूको फाइदालाई पनि बेवास्ता गरेको छ। यसो भएपछि अमेरिकाले जनसमर्थन र हित समेत सबै गुमाउने छ।