थाइवानको विषयमा कुनै पनि उक्साहटको चीनले दृढतापूर्वक जवाफ दिने
2024-01-18 18:37:44cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले जनवरी १८ तारिखका दिन फिलिपिन्सका अधिकारीहरूले दिएको धारणाको जवाफमा दिँदै एक चीन भन्ने सिद्धान्त रातो रेखा र चीनको सबभन्दा तल्लो रेखा भएको दोहोर्याउनुभएको छ। चीनले थाइवानको मामिलामा कुनै पनि उक्साहटलाई स्वीकार नगर्ने र दृढतापूर्वक प्रतिकार गर्ने कुरा पनि प्रवक्ता माउले जनाउनुभयो।

फिलिपिन्सका राष्ट्रपतिले गर्नुभएको थाइवानसम्बन्धी टिप्पणीबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउले गर्नुभएको टिप्पणीको जवाफ दिँदै फिलिपिन्सका रक्षामन्त्रीले चीनको सान्दर्भिक टिप्पणीले 'राष्ट्रपति र फिलिपिन्सको अपमान गरेको' प्रतिक्रिया दिनुभएको थियो। उहाँको जवाफबारे चर्चा गर्दै प्रवक्ता माउ निङले यसरी भन्नुभयो: ‘थाइवान समस्या चीनको मुख्य चासोको केन्द्रमा छ र फिलिपिन्सको टिप्पणीले एक चीन सिद्धान्त तथा चीन र फिलिपिन्सबीच दौत्य सम्बन्ध स्थापना सम्बन्धी विज्ञप्तिको गम्भीर उल्लङ्घन गरेको छ। र, चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप पनि गरेको छ। हामी फिलिपिन्सलाई चीन र फिलिपिन्सबीच दौत्य सम्बन्ध स्थापनासम्बन्धी विज्ञप्तिको भावनालाई व्यवहारिक तथा गम्भीरतापूर्वक पालना गर्दै एक चीन सिद्धान्तको पालना गर्न र थाइवानसँग सम्बन्धित विषयहरूमा गलत करनी र कथनीहरू बन्द गर्न ताकिता गर्छौं।’